२०७६ मंसिर १७ गते मंगलबारको तपाईको राशिफल


१७ मंसिर २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तको प्रगतिमा मन रमाउने छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने छ । प्रेममा सफलता पाईने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जोश जाँगर र हिम्मत बढ्ने छ । आफ्नो वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । वाहन लाभ हुने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

लाभदायक यात्रा रहनेछ । लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । स्वास्थ्यमा सुधार आउँला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या पनि आइपर्ला, तर रातो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला । आत्मिक सन्तुष्टि मिल्ने छ । दान–पुण्य जस्ता कार्यमा सहभागी भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ, तर मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७