पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मूल्य, के को कति पुग्यो ?


१७ मंसिर २०७६, मंगलवार

काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो ।

निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको जनाएको छ ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । यता नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७