सागको तेस्रो दिन पनि कराँतेकाे उत्कृष्ट सुरुवात, नविन रसाइलीले जिते स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
nabin rasaili scaled

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले तेस्रो तीनमा स्वर्ण जित्न सुरु गरेकोे छ । सागको तेस्रो दिन करातेको नविन रसाइलीले स्वर्ण जितेका छन् ।

उनले करातेको कुमुुतेतर्फ ६७ केजि समुुहमा पाकिस्तानलाई हराउँदै स्वर्ण जितेका हुन् । मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जिते ।

 

यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। पाकिस्तान अहमेद नासिरले भने श्रीलंकाका फ्रान्सिकु सिल्भालाई ७–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। राजिवलाई कास्य बंगलादेशका महम्मद अलामिनले ६० केजी तौल समूह मुनिमा स्वर्ण पदक जिते।

उनले इकबर जफारलाई ७–३ ले पराजित गरे। यो तौल समूहमा नेपालका राजिव पुडासैनी बंगलादेशका अलामिनसँग ७–५ ले पराजित हुँदै कास्यमा सीमित भए।

सोमबार करातेमा नेपालले ७ स्वर्ण र २ रजत पदक जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७