उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
susmita tamag

काठमाडौँ, १७ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा कराते र तेक्वान्दोमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले उसुमा पनि उत्कृष्ट सुरुवात गरेको छ ।

आज (मंगलबार) उसुतर्फको पहिलो प्रतिस्पर्धा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी छिन् । सुस्मिताले थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । 

उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो खेलमा बंगलादेशी खेलाडीले ७।५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा जिते ।

  त्यसअघि विजय सिन्जालीले पुरुष थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।

नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७