उसुका विजय सिन्जालीले जिते स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
bijay sinjali

काठमाडौँ, १७ मंसिर ।  १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा उसुको थाउलुतर्फ थानछ्वानमा विजय सिन्जालीले स्वर्ण जितेका छन् ।

नेपाली सेनाको लगनखेलस्थित कर्भड हलमा भएको प्रतिस्पर्धामा  उनले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण हात पारेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए ।

खेलमा बंगलादेशी खेलाडीले ९.३४ श्रीलंका र भारतका खेलाडीले समान ९.१४ अंक र पाकिस्तानी खेलाडीले ७.३१ अंक प्राप्त गरेका थिए ।

 उनले नेपालाई १६ औं स्वर्ण पदक दिलाएका छन् ।  नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।  

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७