कराँतेमा राजिब र मनिषालाई कास्य पदक


१७ मंसिर २०७६, मंगलवार
manisha chaudari and rajiv pudashaini

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालका राजिव पुडासैनी र मनिषा चौधरीले कास्य पदक जितेका छन् ।

महिला ५५ केजी मुनि मनिषा चौधरी पदक जितेकी हुन् ।  उनी बंगलादेशकी मार्जन अख्तरसँग २–१ ले पराजित भइन् ।
अख्तरले नै स्वर्ण पदक जितेकी थिइन् । फाइनलमा उनले पाकिस्तानी कौसार सानालाई ४–३ ले हराइकी थिइन् ।

। राजिवले ६० केजी तौल समूह मुनिमा कास्य जितेका हुन् । उनको समुहमा बंगलादेशका महम्मद अलामिनले स्वर्ण पदक जिते ।

उनले इकबर जफारलाई ७–३ ले पराजित गरे । यो तौल समूहमा नेपालका राजिव पुडासैनी बंगलादेशका अलामिनसँग ७–५ ले पराजित हुँदै कास्यमा सीमित भए ।

यसअघि पहिलो दिन नेपालले ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा ७ स्वर्ण र २ रजत पदक जितेको थियो ।

करातेमा नेपालको स्वर्ण पदक ८, रजत २ र कास्य पदक २ पुगेको छ ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१०.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

११.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१२.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१४.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१५.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१६.ट्रायथलन – सोनी गुरुङ

१७.डुवाथोलन – हिमाल टमाटा

१८. उसु (थाउलो) – विजय सिन्जाली

१९. उसु (थाउलो) – सुस्मिता तामाङ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.डुवा थोलन – लक्ष्मण मल्ला

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७