प्राकृतिक स्रोतको विवाद अन्त्य गर्दै द्वन्द्व रुपान्तरण केन्द्र


१६ पुष २०७४, आईतवार
mel
?????????????????????????????????????????????????????????

झापा : झापा गाउँपालिकास्थित सामुदायिक रानी वनमा जङ्गल क्षेत्रलाई अतिक्रमण गरी वन विनाश हुने प्रवृृत्ति देखिएपछि एक संस्थाले त्यहाँका समस्या समाधान गर्न थालेको छ ।

mel
?????????????????????????????????????????????????????????

जल, जमिन र जङ्गलमा देखिने विवादलाई समाधान गर्न स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल झापाले आफ्नो कामलाई तीव्रता दिँदै आएको छ । खासगरी सरकारी जग्गा अतिक्रमण गर्ने र प्राकृतिक स्रोत उपभोग तथा प्रयोगमा देखिने समस्यालाई निराकरण गर्न तत्पर यो संस्था मेलमिलाप परिषद्मा पनि आबद्ध रहेको छ । सो वन क्षेत्रमा अतिक्रमण गर्ने झण्डै २५ घरधुरीलाई माकुरा समूहमा आबद्ध गराएर समस्या समाधान गरेको केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति सचिव संगीता थापाले बताइन् ।

उनले देशभरमा १७ वटा जिल्लामा कार्यरत यो संस्थाले झापाको कचनकवल झिलमा देखिएको विवाद, कन्काई नगरपालिकाअन्तर्गत टाङ्टिङ खोलामा देखिएको विवाद, मेचीनगर नगरपालिकाअन्तर्गतको प्राकृतिक स्रोतमा देखिएको विवाद र रानीवनमा देखिएको विवाद गरी १४ वटा समाधान गरेको जानकारी दिइन् । केन्द्रद्वारा शनिबार आयोजित निरीक्षण भ्रमण एवं अवलोकनमा जिल्ला न्यायाधीश खिलनाथ रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारीद्वय भीमप्रसाद तिवारी र कृष्णराज पौडेल, प्रहरी उपरीक्षक विष्णुकुमार केसी, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कृष्ण खनाल, जिल्ला वन अधिकृत बोधराज सुवेदी, सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख ईश्वरीप्रसाद तिवारी र केन्द्रका पदाधिकारीसहितको टोलीले विवाद समाधान भएको स्थानको स्थलगत अवलोकन एवम् निरीक्षण गरेका छन् ।

सो अवसरमा जिल्ला न्यायाधीश रेग्मीले जल, जमिन र जङ्गलमा देखिने समस्या तथा विवाद जटिल किसिमको हुने र यस्ता समस्यालाई समाधान गर्न सामाजिक संस्थाको महत्वपुर्ण भूमिका रहेको बताए । जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले प्राकृतिक स्रोतको संरक्षण विना वातावरणमा देखिने प्रभावलाई न्यूनीकरण गर्न यसको प्रयोग र उपभोग वैज्ञानिक हुनुपर्छ बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७