सागमा नेपालको चमत्कार, भारतकी कवितालाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले जितिन् स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
santoshi

काठमाडौं, १७ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालको प्रस्तुती शानदार र चामत्कारिक प्रदर्शन देखिएको छ ।

साग प्रतियोगिताको दोस्रो दिन (सोमबार) १९ स्वर्ण जितेको नेपालले तेस्रो दिन पनि स्वर्ण पदक जित्ने क्रम जारी छ । सागको तेस्रो दिन (मंगलबार) सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण पदक हात पारेकी छिन् । श्रेष्ठले सागमा एथ्लेटिक्सतर्फ स्वर्ण जित्दै नेपालका लागि खाता खोलेकी छन् ।

santoshi 1

दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा उनले ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । दोस्रो बनेकी भारतकी कविता यादवलाई पछि पारिन् । भारतीय खेलाडी यादवले ३५ मिनेट ७.९५ सेकेण्डमा दूरी पूरा गरिन् । सन्तोषीले भारतीय खेलाडी भन्दा ०.०१ सेकेण्ड छिटो निर्धारित दूरी पार गर्दै स्वर्ण हात पारेकी हुन् ।

santoshi 2

एथ्लेटिक्समा नेपालका लागि टंक कार्कीले पनि पदक जितेका छन् । उनले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका हुन् । उनले ३ मिनेट ५९.२० सेकेण्डमा दौड पूरा गरे ।
यो प्रतिष्पर्धामा भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेण्डका साथ पहिलो र भारतकै अजित कुमार ३ मिनेट ५७.१८ दोस्रो भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७