कराँतेकी सुनिताले दिलाइन् स्वर्ण, जितपछि रोक्न सकिनन् हर्षका आँशु (फोटो फिचर)


१७ मंसिर २०७६, मंगलवार
sunita maharjna gold medallist scaled

काठमाडौं, १७ मंसिर । सुनिता महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को कराँतेमा नवौँ स्वर्ण दिलाएकी छिन् । करातेको कुमिते ६७ केजी समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी हुन् ।

 

सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले कुल्सुनलाई ८–२ अंकले पराजित गरिन् ।

यसअघि सुनिता महर्जनले बंगलादेशकी मोरेम खातुनलाई १०–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । पाकिस्तानी कुल्सुन भने श्रीलंकाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन् ।

योसँगै दोस्रो दिन नेपालले करातेमा ९ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको छ ।

जितपछि उनी हर्षले मैदानमा रोएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७