कांग्रेस ५० वर्ष सत्तामा आउन सक्दैन : योगेश भट्टराई


१६ पुष २०७४, आईतवार
Capture

काठमाण्डौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले नागरिकबाट विश्वास गुमाउँदै गएकाले अब उ सत्तामा आउन ५० वर्ष संघर्ष गर्नुपर्ने बताएका छन् ।Capture

कांग्रेसले एकपछि अर्को गल्ती गर्दै नागरिकको मनबाट हटिरहेको उनले बताए । कांग्रेस चुनाव हारिसक्दा पनि सत्तामा टाँसिएर नकचरो प्रवृति देखाईरहेको सचिव भट्टराईको आरोप छ । सचिव भट्टराईले भने–‘वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन्, अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाएका छन् ।’ एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्शन मण्डेला जस्तो बन्ने अवसर आएको दावी गरेका छन् । पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्शन मण्डेल जस्तै सर्वमान्य बन्ने गरी पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ ।

एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाण्डौंमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने–‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनु भयो । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नु भएको छ, अब उहाँहरुले अवकाश लिंदा हुन्छ ।’ पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताएका छन् । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७