भुटानको पोष्टमा चार गोल गर्दै नेपाल विजयी, क–कसले गरे गोल ?


१७ मंसिर २०७६, मंगलवार
football nepal

काठमाडौं, १७ मंसिर । १३ औंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबारको फुटवल खेलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । नेपालले भुटानको पोष्टमा चार गोल गर्दै जीत हात पारेको हो । नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि–किकमार्फत् गोल गरेका हुन् ।

football nepal 1

खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि–किकमार्फत् अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो । दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पार्दै लगेको थियो ।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको हो । पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए । यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोलेको छ ।

football 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७