१३ औँ साग क्रिकेट : नेपाल श्रीलङ्कासँग पराजित


१७ मंसिर २०७६, मंगलवार
dipedra singh

काठमाडौँ, १७ मङ्सिर । १३ औँ  दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित भएको छ ।

नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलङ्काका लागि शाम्मु आशानले अविजित ७२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । यस्तै निशान मदुशकाले ४२ खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ४६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशन भारीले एक÷एक विकेट लिए ।

यसअघि नेपालको उप–कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कष्ट ब्याटिङ गरेसँगै श्रीलंकालाई एक सय ७३ रनको लक्ष्य दिएको थियाे । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो । नेपालका उपकप्तान ऐरी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरे ।

यसैगरी पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । नेपालले सुरूवात भने खराव रह्यो । पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे । ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रन बनाएर कामिन्दु मेन्डीसले बोल्ड गरे । पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरेका थिए ।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ विकेट लिए। असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७