रजत पदक जित्दै महिला भलिबलमा नेपालले रच्यो नयाँ इतिहास, भारतले जित्यो स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
vollyball 1 scaled

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा ऐतिहासिक रजत पदक हात पार्न सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको  खेलमा नेपाल फाइनलमा पराजित भएपनि ऐतिहासिक पदक जित्न भने सफल भएको हो ।

यसअघि नेपालले रजत पदक जित्न सकेको थिएन् । नेपालको लागि हारको बावजुद पनि यो ऐतिहासिक सफलता हो । यसअघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्य जितेको थियो । नेपालले सन १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

नेपाल पाँचौ सेटमा साविक विजेता भारतसँग पराजित हुँदै रजत पदकमा मात्रै हात पार्न सफल भयो । पहिलो सेट गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ र तेस्रो सेट २५–२१ ले जितेको थियो ।

त्यसपछि चौथो सेट २५–२० ले गुमायो । पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्याे ।


सुरुको दुई वटा प्वाइन्ट जितेको नेपाल एक समय सात(सातको अवस्थामा थियो । तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै १३-८ को अग्रता बनायो । समूह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल १६-११ पछिले परेको थियो ।

त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमै राख्यो । जसका कारण भारत २३-१६ ले अगाडि रह्यो । अन्ततस् भारत पहिलो सेटमा २५–१७ ले विजयी भयो ।
 
दोस्रो सेटमा नेपालले भारतलाई निकै दबाब दिएको थियो । सुरुदेखि नै कडा प्रतिस्पर्धा भएको सेट एक समय १७-१७ को अवस्थामा थियो । तर त्यसपछि नेपालले २१-१७ को अग्रता बनाउन सफल भयो । त्यसपछि भने नेपालले आफ्नो प्रभाव जमाउँदै २५-२३ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । जसमा नेपालले आफ्नो लयलाई कायम राखेको थियो । जसमा नेपाल एक सय १६-१४ ले अगाडि थियो । त्यसपछि आफ्नो अग्रतालाई २१-१७ मा पुर्यायो । अन्ततः नेपालले २५-२१ ले तेस्रो सेट जित्यो ।

चौथो सेट पनि निकै प्रतिस्पर्धात्मक बन्यो । सुरुवातदेखि नै हेड टु हेडमा रहेकोमा नेपाल एक समय नौ-आठले अगाडि रहेको थियो । त्यसपछि नौ-नौको अवस्थामा रहेको खेल ११–११ को अवस्थामा पुगेको थियो । त्यसपछि भारतले दुई अंक जोड्दै १३–११ मा पुर्‍यायो । त्यसपछि फेरि नेपालले दुई अंक जोड्दै खेल १३–१३ को अवस्थामा पुर्‍यायो ।

चौथो सेट झन प्रतिस्पर्धात्मक बन्दा खेल १७–१९ मा पुगेको थियो । जसमा नेपालले सर्भिस बिगारेको थियो । त्यसपछि भारतले सेटमा २३-१९ को अग्रता बनाएको थियो । अन्ततः भारतले २५-२० ले चौथो सेट जित्यो ।

पाँचौ सेटमा भारतले सुरुवातमा नै ३–० को अग्रता लिँदै नेपाललाई दवावमा राखेको थियो । नेपालले पुनरागमन प्रयास गर्दै ५–१ को अवस्थामा टाइम आउट लिएको थियो । पाँचौ सेटको मध्यान्तरमा नेपाल ८–२ ले पछाडी रहेको थियो । नेपालले पुनरागमन प्रयास गरेपनि सर्भीस बिग्रंद स्कोर १०–५ हुन पुग्यो । त्यसपछि भारतले लगातार अंक जित्दै पाँचौ सेटमा १५–६ को विजयी भयो ।

नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

 

 

vollyball महिला भलिबल jpg 5
vollyball महिला भलिबल jpg 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७