तेक्वान्दोको वीरबहादुर महरालाई ग्यारोगी तर्फ स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
bir bahadur mahara scaled

काठमाडौँ, १७ मङ्सिर ।  राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले स्वर्ण पदक जितेका छन्  ।

 सातदोबाटोस्थित तेक्वान्दो हलमा आज भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

 महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।     

त्यसैगरी तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितिन्   । उनले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गरिन । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७