यी हुन् सागको दोस्रो दिन तेक्वान्दोमा पदक दिलाउने खेलाडीहरु (सुचीसहित)


१७ मंसिर २०७६, मंगलवार
bir bahadur mahara 1

काठमाडौँ, १७ मंसिर । राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालले दुई स्वर्ण, एक रजत र एक कास्य जितेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा आज( मंगलबार) भएको चार स्वर्णको लागि भएको प्रतिष्पर्धा नेपालको वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण जिते । तेक्वान्दोको ग्यारोगीतर्फ वीरबहादुर महराले पुरुष ६८ केजीमुनिको तौल समूहमा र काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
स्वर्ण पदक जितेका छन् ।

महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो भने भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

त्यसैगरी पाकिस्तानकी सैयद सिद्रालाई ५०–१४ ले पराजित गरेर स्वर्ण जितेकी काजल श्रेष्ठले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।

यसैगरी ५७ केजी मुनीको तौल समुहमा निमा गुरुङले रजत पदक जितिन् । उनी फाइनलमा भारतको कासिस मलिकसँग पराजित भएकी थिइन् ।
यस्तै पुरुष ५४ केजी मुनीको तौल समुहमा मनोज मल्लले कास्य पदक जिते ।

तेक्वान्दोमा पहिलो दिन नेपालले ७ स्वर्ण जितेको थियो ।

नेपालले अहिलेसम्म प्राप्त गरेको पदक
स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

११.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१२.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१५.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१६.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

१९.ट्रायथलन – सोनी गुरुङ

२०.डुवाथोलन – हिमाल टमाटा

२१. उसु (थाउलो) – विजय सिन्जाली

२२. उसु (थाउलो) – सुस्मिता तामाङ

२३.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

५.डुवाथोलन – लक्ष्मण मल्ल

६. डुवाथोलन – हुमी बुढा मगर

७. महिला भलिबल

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७