बलात्कारी बाबुलाई तीन छोरी मिलेर गरे हत्या


१८ मंसिर २०७६, बुधबार
rape

मस्को, १८ मंसिर । बलात्कारको पीडा कतिसम्म हुन्छ भन्ने कुरा तीन छोरी मिलेर आफ्नै बाबुको हत्या गरेको घटनाले छर्लङ्ग पार्छ ।

रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदी बहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए ।

छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो । बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए ।

यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदी बहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् ।

अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो । कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७