१३ औं साग : उसु खेलका क्रममा विवाद, खेल स्थगित


१८ मंसिर २०७६, बुधबार
ushu 1

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज (बुधबार) को उसु खेलमा विवाद भएपछि खेल स्थगित भएको छ ।

बुधबार लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा शुरु भएको उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ अंक पाए भने भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए ।

तर फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरेपछि विवाद सिर्जना भएको हो । त्यसक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल स्थगित गरिएको हो । प्रहरीले अहिले मैदान खाली (क्लियर) गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७