उसुका दीपकले दिलाए स्वर्ण, नेपालको स्वर्ण २५ पुग्यो


१८ मंसिर २०७६, बुधबार
deepak hamal

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (बुधबार) भएको उसु प्रतियोगितामा नेपालका दीपक हमालले स्वर्ण हात पारेका छन् ।

उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउण्डमा स्वर्ण जितेका हुन् । बुधबारको नानकुनको प्रतिष्पर्धामा उनले ९.६२ अंक जोडेका छन् ।

यसअघि उनले मंगलबार नान छ्वानमा उनले ९.७० अंक जोडेका थिए । समग्रमा उनले १९.३२ अंक जोडे । दोस्रो भएका भारतका साजन लामाले १९.१७ अंक बटुले । यो नेपालले उसुबाट जितेको यो तेस्रो स्वर्ण हो ।

यसअघि मंगलबार उसुबाट विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोको छानछ्वानबाट स्वर्ण पदक हात पारेका थिए । नेपालले अहिलेसम्म करातेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण र एथ्लेटिक्सबाट १ स्वर्ण जितिसकेको छ । नेपालले अहिलेसम्म २५ स्वर्ण जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७