अनुपमाको यात्रा जनयुद्धदेखि सागसम्म, स्वर्ण पदक दिवंगत आमालाई समपर्ण


१८ मंसिर २०७६, बुधबार
anupama magar 5 scaled

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालका लागि स्वर्ण पदक दिलाएसँगै उदयपुरकी अनुपमा मगरको ‘वाहवाही’ बढेको छ ।

सशस्त्र माओवादी युद्धदेखि सागसम्मको यात्रा अरुका लागि मात्र होइन उनकै लागि समेत सपना जस्तो लाग्छ । उदयपुरमा रहँदा अनुपमा तत्कालीन सशस्त्र विद्रोहमा सहभागी भइन् । उनले बन्दुक बोकेर युद्ध लड्न त परेर तर पार्टीले खटाएको काम गरिन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालीन माओवादी लडाकुहरुको पीएलए क्लबबाट उनले पनि खेलिन् । उक्त प्रतियोगितामा काँस्य पदक पनि जितिन् । त्यसपछि बालाजु डोजोमा ध्रुवविक्रम मल्लको प्रशिक्षणमा हुर्किएकी उनले सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा काँस्य जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् । सिद्धार्थ बनस्थली एकेडेमीमा प्रशिक्षकको भूमिकामा समेत रहेकी उनले १३ औं सागमा स्वर्ण जित्न सफल भएकी छन् ।

 

उनले यो स्वर्ण आफ्नी दिवंगत आमालाई समर्पण गरेकी छन् । खेल क्षेत्रमा लाग्न आफूलाई परिवार र दाइले ठूलो सहयोग रहेको बताउने अनुपमा भन्छिन्, ‘अबको लक्ष्य ओलम्पिक हो । यो स्वर्ण पाइरहेका बेलामा म मेरी दिवंगत आमालाई सम्झिरहेको छु ।’

सागमा अनुपमाको यो पहिलो डेब्यू हो । सागको डेब्यु खेलमै स्वर्ण जित्न सफल हुँदा हर्षको सीमा नभएको अनुपमाले सुनाइन् । त्यसमाथि एसियन गेम्समा काँस्य पदक विजेतालाई हराउन पाउनु अर्को सुखद संयोग रहृयो । ६८ किलोमाथि प्रतिस्पर्धा गरेकी अनुपमाले पाकिस्तानी खेलाडी नगरिसलाई ६–२ को स्कोरमा हराएकी हुन् ।

anupama magar 3 1 

श्रीलंकनसँग थियो ‘डाउट’ 
फाइनल भिडन्तअघि अनुपमाको भेट श्रीलंकन खेलाडीसँग भयो, जोसँग हालै मात्र बंगलादेशमा भएको पाँचौं साउथ एसियन च्याम्पियनसिपमा फाइनलमा पराजित भएकी थिइन् ।
सेमिफाइनल जित्न सके स्वर्ण जित्छु भन्ने लागेको थियो । ‘बंगलादेशमा एक अंकले हारेकी थिएँ । त्यसैले डाउट थियो, तर सफल भएँ,’ उनले भनिन् ।

फाइनलमा पाकिस्तानकी खेलाडीसँग भेट भयो । उनीसँग यसअघि कहिल्यै खेलेकी थिइनन् । त्यसमाथि उनी एसियन गेम्सको पदकधारी खेलाडी पनि हुन् । ‘उसँग कहिल्यै खेलेको थिइनँ ।

कस्तो होला भन्ने थियो’ स्वर्ण जितेको खुशी प्रकट गर्दै उनले भनिन्, ‘सेमिफाइनलमा श्रीलंकनलाई हराएपछि स्वर्ण जित्ने होप पलयो ।’ फाइनल आफूले सोचेभन्दा राम्रो प्रदर्शन गरेको अनुपमाले अनुभव सुनाइन् ।

anupama magar 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७