करातेमा नेपाललाई १० स्वर्ण पदक, क-कसले दिलाए स्वर्ण ?


१८ मंसिर २०७६, बुधबार
anupama magar gold medal scaled

काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी १३ औंं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्ण पदक हात पारेकी छन् ।

महिला ६८ केजीमाथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् ।

त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनलमा पुगेकी हुन् । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले काँस्य पदक जित्यो । यससँगै करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ ।

यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७