महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात, उमा राईले गरिन् सर्वाधिक ८ गोल


१८ मंसिर २०७६, बुधबार
handball women

पोखरा, १८ मंसिर । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद(साग)मा महिला ह्याण्डबलले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा उद्घघाटन खेलमा श्रीलंकालाई २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् ।
यसैगरी कविता राईले ६, निषा राई र कल्पना वलीले समान ४ गोल गरिन् ।

यस्तै कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

श्रीलंकाको लागि तर्फबाट भने रुवानीडीले सर्वाधिक ७ गोल गरिन् । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए । हार्सिका उदय र दिलुक्सीएमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए ।

नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्दसहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।

खेलपछि श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । उनले नेपाल जितको हकदार भएको समते बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७