चिर्पट हानेर श्रीमानको हत्या


१६ पुष २०७४, आईतवार
hatya

गोरखा :  भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । hatya

६५ वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान केयरमानलाई शनिबार बेलुकी घर झगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए । प्रहरी समक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन् ।

‘घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ’–प्रहरी उपरीक्षक अधिकारीले भने–‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७