स्नातक र +२ गरेकालाई सशस्त्र प्रहरीमा खुल्यो जागिर (विज्ञापनसहित)


१८ मंसिर २०७६, बुधबार
APF

काठमाडौं, १८ मंसिर । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) लागि आहवान गरेको छ ।

बुधबार विज्ञापन आह्वान गर्दे एपीएफ प्रधान कार्यालयले इन्स्पेक्टर र असई माग गरेको हो ।
इन्स्पेक्टरको लागि स्नातक तह वा सो सरह र असईको लागि प्रमाणपत्र तह वा सो सरह पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछ । योग्य उम्मेदवारलाई आजदेखि पुस १७ सम्म आवेदन गर्ने समय दिएको छ ।

आवेदन प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, बर्दिबास, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत, अत्तरियाबाट दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७