‘ठमेल बजार’ कि गायिका मिना निरौलालाई ‘नारायाणगोपाल सङ्गीत पुरस्कार’


१८ मंसिर २०७६, बुधबार
Meena Niroula

काठमाडौं, १८ मंसिर । राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

यसैगरी रु ५० हजार राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिने भएको छ । यो पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७