कप्तान सुजलको गोलमा नेपाललाई अग्रता


१८ मंसिर २०७६, बुधबार
Sujal shrestha 2nd goal 5

काठमाडौं, १८ मंसिर ।   १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । दशरथ रंगशालामा नेपालले अग्रता बनाएको छ । 

नेपालले सुजल श्रेष्ठको पेनाल्टी गोलमा १-० अग्रता बनाएकाे छ । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए । श्रीलंकाली डिफेन्डरले एक्रोब्याटिक क्लियर गर्ने क्रममा अनन्त तामाङको टाउकोमा हानेपछि नेपालले पेनाल्टी पाएको थियो ।

पहिलो हाफको अन्त्यतिर नेपालका गोलरक्षक विकेश कुथुले पनि एक राम्रो बचाउ गरेका थिए । लगातार दोस्रो जितको खोजिमा रहेको नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७