नेपाल कराँतेमा १० स्वर्णसहित टिम च्याम्पियन, सबै इभेन्टमा पदक (फोटोफिचर )


१८ मंसिर २०७६, बुधबार
nepal karate champions f scaled

काठमाडौं, १८ मंसिर । जारी १३ औँ दक्षिण एसियाली खेलकुद सागमा कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । बुधबार सकिएको करातेको प्रतिष्पर्धामा नेपाल १० स्वर्णसहित टिम च्याम्पियन भएको हो ।

नेपालले १० स्वर्ण, ४ रजत र पाँच कास्य जित्न सफल भयो । १९ स्पर्धामा भएको खेलमा नेपालले सबैमा पदक जित्न सफल भयो ।

male team fight

 

नेपाल अन्तिम दिन भएको खेलमा एक स्वर्ण जित्दै अरु इन्भेटमा कास्यमा मै चित्त बुझाउनु पर्यो ।
नेपालका लागि एकल काताका मण्डेकाजी श्रेष्ठले स्वर्ण र महिला एकता कातामा चञ्चला दनुवारले रजत जित्न सफल भए । भने टिम काता पुरुष मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धरले स्वर्ण जिते ।

यस्तै महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जित्न सफल भए ।
यसैगरी नेपालको लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुसुम खड्का, अनु अधिकारी, नवीन रसाइली, सुनिता महर्जन र अनुपमा मगरले स्वर्ण पदक दिलाए ।

FDAFDFG

चन्चला दनुवारसँगै दिवस श्रेष्ठ, अनु गुरुङ र गंगाराम कुशवाले रजत पदक जित्न सफल भए ।
यस्तै मनिषा चौधरी, राजीव पुडासैनी, सोनाम लामा, महिला टिम कुमुते र पुरुष टिम कुमुतेले कास्य पदक जित्न सफल भए ।

 

sunita maharjan

नेपाल पुरुष टिम कुमुते सेमिफाइनलमा पाकिस्तानी प्रतिद्धन्द्धीसँग ३–० ले पराजित भयो । नेपालका मुुकुन्द्र महर्जन, राज कुमार रसाइली र अर्जुन कुमार बाघचन्द पाकिस्तानी खेलाडीसँग पराजित हुदै कास्यमा सीमित हुन पुगेको थियो ।

करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । महिला टिम मुकुतेमा नेपालले कास्य जितेको छ । नेपाली टिममा सानी तामाङ, एस्टर राई, रिता कार्की र सुस्मिता तामाङ रहेकी थिइन् ।

स्वर्ण
१. एकल काता – मण्डेकाजी श्रेष्ठ

२. टिम काता – पुरुष – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३. टिम काता – महिला– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४. पुरुष ५५ केजी – लक्ष्मण तामाङ

५. पुरुष ८४ केजीमाथि –विप्लवलाल श्रेष्ठ

६. महिला ४५ केजी मुन – कुसुम खड्का

७.  महिला ५० केजी मूनि – अनु अधिकारी

८. पुरुष ६७ केजी नवीन रसाइली

९. महिला ६८ केजी – सुनिता महर्जन

१०. महिला ६८ केजी – अनुपमा मगर

रजत पदक

१. महिला एकल काता – चन्चला दनुवार

२. पुरुष ८४ केजी मूनि – दिवस श्रेष्ठ

३. महिला ६१ केजी – अनु गुरुङ

४. पुरुष ७५ केजी– गंगाराम कुशवा

कास्य पदक

१. मनिषा चौधरी

२. राजीव पुडासैनी

३.  सोनाम लामा

४. महिला टिम कुमुते

५. पुरुष टिम कुमुते

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७