नेपालले श्रीलंकासँग बराबरी


१८ मंसिर २०७६, बुधबार
u 19 football

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जिगाउँन नसक्दा नेपालले बराबरी खेलेको हो । खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा नेपाल गोल खान पुग्यो ।

साग फुटवल अन्तर्गत बिहिबार भुटान र माल्दिभ्स तथा बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । नेपालले भने अर्को खेल माल्दिभ्ससंग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७