मिराका आँखाले हामीलाई हेरिरहेका छन् : हरिवंश आचार्य


१६ पुष २०७४, आईतवार
hari

काठमाण्डौं  : तिलगंगा आँखा अस्पतालमा शनिबार विहान मानिसको घुइँचो छिरिनसक्नु थियो । यति विधि मानिस आँखाको शिविर बसेकाले जम्मा भएको थिएन । कोही आफूलाई संसार देखाउने आँखा दान गर्नेका आफन्त हेर्न आएका थिए, कोही आफ्ना बितिसकेका आफन्तका आँखामा देखिन पुगेका थिए ।hari

हरेक वर्ष पुस १५ गते आँखाका नानी दान गर्नेहरुको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिन्छ । शनिबारको सभामा हाँस्यकलाकार हरिवंश आचार्य पनि सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै हरिवंशले आफ्नी स्व. पत्नी मिरा अझै आफूहरुलाई हेरेर हाँसिरहेजस्तो महसुस हुने बताए । उनकी पत्नी मिरा आचार्य ६ वर्षअघि संसारबाट विदा भएकी थिइन् । तर उनका आँखाले अहिले पनि दुनियाँ हेरिरहेका छन् । ‘मिराले दान गरेको आँखाबाट दुई जनाले अहिले पनि संसार हेरिरहेकाले उनी जीवितै छन् जस्तो लाग्छ’–आचार्य भावक बन्दै भने–‘मलगायत हामी सबैलाई हेरेर उनी हाँसिरहे जस्तो लाग्छ ।’

आचार्यले अन्धविश्वासमा नरही मृत्युपश्चात शरिरबाट काम लाग्ने आँखाको नानीलगायत अन्य अगं पनि दान गर्ने संस्कृतिको विकासका गर्न आग्रह समेत गरेका छन् । मनकुमारी केसीलाई पनि अझै आफ्नो छोराले आफुलाई हेरिरहेजस्तो लाग्छ। उनका छोराको १९ वर्ष निधन भएको थियो । ‘मैले १९ वर्षको छोरा गुमाए तर छोरा गुमाए पनि मेरो छोराको आँखाले अहिले २ जना दृष्टिविहिनले संसार देखिरहेका छन्। मलाई छोराले नै हेरिरहेको महसुस हुन्छ’–केसीले भनिन् ।

स्नातक पढिरहेका सविन बोगटी जन्मैदेखि आँखा देख्दैनथे । उनलाई सधैँ जताततैको अँध्यारोले पीडा दिन्थ्यो । तर पछिल्लो समय कसैले दान गरेको आँखाले उनी संसार हेर्न थालेका छन् । ‘जहिले पनि मलाई पीडाले सताउथ्यो । तर मरणोपरान्त कसैले दान गरेको आँखाले अहिले म संसार हेर्न सक्ने भएको छु’–बोगटीले भने–‘जसले आँखा दान दिए उनलाई जति धन्यवाद दिए पनि अपुग हुन्छ ।’ नेपालमा अहिलेसम्म १२ हजार ५ सय जनाको आँखामा दान गरेको नानी प्रत्यारोपण गरिएको छ ।

नेपाल आँखा बैंकमा अहिले ७० हजा बढी दाताले मृत्युपछि आँखाको नानी दान गर्ने प्रण गरेका छन् । सन् १९९४ मा स्थापना भएको नेपाल आँखा बैकले मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्छ । पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७