माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत


१९ मंसिर २०७६, बिहीबार
dEBENTURE AGREEMENT PHOTO i6ZbGYUrF1

काठमाडौं,१८ मंसिर । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।


बैंकको वार्षिक १०.२५५ व्याजदर सहित प्रति ऋणपत्र १,००० कायम भएको उक्त ऋणपत्र मंसिर १८ गते देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।


ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे । सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७