नेपालको भुटानमाथि कीर्तिमानी जित


१९ मंसिर २०७६, बिहीबार
Nepalvsbhutan

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बिहिबार कीर्तिमानी जित हासिल गरेको छ । भुटानविरूद्धको खेलमा नेपालले १४१ रनको विशाल अन्तरको जित निकालदै टि–२० क्रिकेटमा सर्वाधिक ठूलो रन अन्तरको जित निकालेको हो ।

यसअघि नेपालले सन २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो ।

नेपालले दिएको २३७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो । भुटानलाई सस्तैमा समेट्न पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एकरएक विकेट लिए ।

भुटानका लागि सर्वाधिक मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । उनलाई १६ औं ओभरको दोस्रो बलमा पारस खड्काले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए ।

यसैगरी भुटानका ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे ।
नेपालका लागि पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए ।

त्यसअघि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन कीर्तिमानी लक्ष्य दिएको थियो ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि–ट्वान्टी आई करिअरको पहिलो शतक प्रहार गरे ।

टि ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो । यस अघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए । उनले ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए ।

यसैगरी नेपालका लागि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रन बनाए । उनको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए ।

यसैगरी नेपालक दिपेन्द्रसिंह ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे । भने आरिफ शेख ४ रनमा नट आउट रहे ।

भुटानका लागि कर्मा दोर्जीले २ र तोब्देन सिंगेले एक विकेट लिए ।

कप्तान ज्ञानेन्द्र मल्लको शतक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेको ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध शतक प्रहार गरे । यससँगै उनी टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

ज्ञानेन्द्रले १८ औं ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि ज्ञानेन्द्र ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनमा क्याच आउट भए ।

उनी ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभर सम्म १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए ।

११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउटभएपछि दिपेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए । ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७