ओली प्रधानमन्त्री भए प्रचण्ड अध्यक्ष बन्नु हुन्छ : अग्नी सापकोटा


प्रकाशित मिति : December 31, 2017

काठमाण्डौं : माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने दावी गरेका छन् ।

पार्टी एकीकरण र सरकार गठनपछि जिम्मेवारी वाँडफाँड कस्तो होला भन्ने जिज्ञासा बढिरहेका बेला सापकोटाले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने ढङ्गले गर्नुपर्ने धारणा सार्वजनि गरेका छन् । भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले–माओवादी पार्टी एकतामा चाँडो भन्दा चाँडो हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबबहादुर देउवालाई तत्काल राजीनामा दिएका सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरे । नेता सापकोटाले निर्वाचनमा पराजय भएर पनि पदबाट राजीनामा नदिएर प्रधानमन्त्री देउवाले नयाँ सरकार गठन गर्न अवरोध पु¥याईरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्