सावित्राले बनाइन् ऐतिहासिक कीर्तिमान, ३६ गोल पुर्‍याउँदै बनिन् सर्वाधिक गोलकर्ता


१९ मंसिर २०७६, बिहीबार
sabitra

पाेखरा, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतिगोगिता (साग) मा नेपाली खेलाडीको कीर्तिमानी विजय क्रम जारी छ ।

साग अन्तर्गत बिहीबार पोखरा रङ्गशालामा भएको फुटवल प्रतियोगितामा नेपाली खेलाडी सावित्रा भण्डारीले नयाँ कीर्तिमान रचेकी छन् ।

फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् ।

बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान तोड्दै आफ्नो नाम अग्रस्थानमा ल्याउन सफल भएकी हुन् ।
यी हुन् सावित्राले गरेका गोल

१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४– १ गोल

२) साग २०१६ – २ गोल

३) साफ च्याम्पियनसिप २०१६– १२ गोल

४) ओलम्पिक छनोट पहिलो चरण २०१८ – १ गोल

५) हिरो गोल्डकप २०१९ – ४ गोल

६) साफ च्याम्पियनसिप २०१९ – ४ गोल

७) ओलम्पिक छनोट, दोस्रा चरण – २ गोल

८) नादेझ्दा कप २०१९ – ७ गोल

९) मैत्रीपूर्ण खेल – २ गोल

१०. १३ औं साग –२ गोल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७