प्रभावितले गरे बुढीगण्डकीको मुआब्जा अस्वीकार, पुनः मूल्याङ्कन गन माग


१९ मंसिर २०७६, बिहीबार
budhigandaki hydro

काठमाडौं, १९ मंसिर । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनः मूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्ना समेत दिएका छन् ।

धर्नामा सहभागीहरुले ‘मुआब्जा पुनः मूल्याङ्कन गर’, ‘आयोजना शीघ्र कार्यान्वयन गर’, ‘सुकुम्वासी बनाउने मुआब्जा निर्धारण मूल्य खारेज गर’, ‘घर जग्गाको एकमुष्ट रकम निर्धारण गर’, ‘पुनर्वासको ग्यारेण्टी होस्’ र ‘आरुघाट नमूना बजारको व्यवस्था गर’ लेखिएका प्ले कार्ड बोेकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७