१३ औं साग : नेपालले जित्यो हालसम्मकै बढी ३६ स्वर्ण, क-कसले दिलाए स्वर्ण ? (सूचीसहित)

कुन देशले कति पदक जिते ?


१९ मंसिर २०७६, बिहीबार
nima gharti magar 1

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एयिाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आज (बिहीबार) सम्ममा अहिलेसम्मकै बढी ३६ स्वर्ण हात पारिसकेको छ ।

साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले तेस्रो पटक नेपालमा आयोजना भइरहेको सागमा स्वर्णको संख्या ३६ पुर्‍याउन सफल भएको हो । यसअघि नेपालले सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण हात पारेको थियो । त्यसपछिका सागका ४ संस्करण बिते पनि नेपालको प्रदर्शन चित्तबुझ्दो हुन सकिरहेको थिए ।

यस पटक आफ्नै देशमा आयोजना भएको सागमा नेपाली खेलाडीहरुले नयाँ–नयाँ कीर्तिमान बनाउनुका साथ अहिलेसम्मकै ठूलो उपलबधी हात पारेको हो । साइक्लिङकै लक्ष्मी मगरले बिहीबार नै स्वर्ण जित्दै आठौं सागमा जितेको स्वर्ण संख्यामा बराबरीमा पुर्‍याएकी थिइन् ।

कुन देशले कति पदक जिते ?
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १२४ वटा स्वर्ण पदकको टुंगो लागेको छ ।
सागमा समावेश गरिएका विभिन्न खेल प्रतियोगितामा अहिलेसम्म १२४ स्वर्ण पदकको टुंगो लागेको छ ।

सबै भन्दाबढी स्वर्ण पदक जित्नेको अग्रपंतिमा भारत रहेको छ । भारतले ५८ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ३६ वटा स्वर्ण पदक जितेको छ ।

यस्तै श्रीलंका, पाकिस्तान र बंगलादेशले क्रमश स् १६, १२ र ४ स्वर्ण पदक हात पारेका छन् । यस्तै माल्दिभ्सले एक स्वर्ण पदक हात पारेको छ भने भुटान अहिलेसम्म स्वर्ण पदकविहीन छ ।

sag wmBHnnzKOT

सन् २०१९ (जारी)

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०.कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो नान्दौ) – निमा घर्ती मगर

३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी मगर

३२. साइक्लिङ – बुद्धिबहादुर तामाङ

३३. जूनी राई- उसु

३४) भूपेन श्रेष्ठ–तेक्वान्दो
३५) गौरिका सिंह–पौडी

३६) सञ्जु चौधरी–भारत्तोलन

यसअघि आठौं सागमा नेपालले जितेका स्वर्णहरु

१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता ९महिला०, कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७