१३ औं साग : पौडीमा गौरीकालाई ऐतिहासिक स्वर्ण


१९ मंसिर २०७६, बिहीबार
Gaurika singh गौरिका सिंह 2

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि–स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित हात पारेकी हुन् । साग खेलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल पौडीतर्फको पहिलो हो ।

उनले भारतकी सुभांगी शर्मालाई पछि पार्दै नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी हुन् । यसअघि नेपालले सागमै टिमको तर्फबाट स्वर्ण जिते पनि एकल पौडीमा स्वर्ण जितेको थिएन् । ऐतिहासिक रेकर्ड बनाउँदै गौरीकाले स्वर्ण जित्दा सुभांगीले रजत चित्त बुझाउन वाध्य भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७