अदालत जाँदै गरेकी बलात्कृत महिलालाई बाटैमा जलाइयो, अवस्था चिन्ताजनक


२० मंसिर २०७६, शुक्रबार
mahila 1

नयाँदिल्ली, २० मंसिर । बलात्कृत एक महिलालाई भारत नयाँदिल्लीको अदालत जाँदै गर्दा बाटोमै जलाइएको छ ।

उन्नाओ जिल्लाी २३ बर्षीया ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ । गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुई जना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन ।

अदालतले उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरुको एक समूहले तानेर नजिकै खेतमा पु¥याइ आगो लगाएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

घटनापछि बलात्कार गरेको आरोप लागेका दुई जनासँगै अरु तीन जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७