गजल


१६ पुष २०७४, आईतवार
Raju photo

लाली गुराँसको रङ्ग, उड्नु हुन्न कहिले
एकताको माला चुड्नु हुन्न कहिले ।

छिमेकीले छानो बढाउँदा, आँगन छाड्यौं हाम्ले
फेरि देश दक्षिणतिर, गुड्नु हुन्न कहिले
लाली गुराँसको रङ्ग, उड्नु हुन्न कहिले….

नेपालीको वीरता, नपुग्या कहाँ छ ?
सगरमाथाझैं शीर, मुड्नु हुन्न कहिले
लाली गुराँसको रङ्ग, उड्नु हुन्न कहिले….

हिमाल बनोस् शान्त, तराई नहोस् त्रासमा
अशान्तिले त्यो मन, कुड्नु हुन्न कहिले
लाली गुराँसको रङ्ग, उड्नु हुन्न कहिले….

राजु शिवा ‘यायावर’
इलामnepal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७