राजधानीका यी क्षेत्रमा आज दिनभर लोडसेडिङ


२० मंसिर २०७६, शुक्रबार
electricity

काठमाडौं, २० मंसिर । राजधानी काठमाडौंका विभिन्न स्थानमा आज (शुक्रबार) दिन लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ ।

चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर लोडसेडिङ गर्न लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

यो वितरण केन्द्रबाट चक्रपथ, भाटभटेनी वरिपरी, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण गरिएको छ । महाराजगञ्ज वितरण केन्द्रका अनुसार, यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

चक्रपथ क्षेत्रको सडक विस्तार कार्य अघि बढेको छ । यसका लागि सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युतका पोल हटाउनेलगायतका काम सम्बन्धित निकायसँग समन्वय गरेर भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७