एथलेटिक्समा नेपाललाई थप स्वर्ण, गोपीचन्द्रले जिते स्वर्ण, हरिलाई कास्य


२० मंसिर २०७६, शुक्रबार
gopichandra parki and hari rimal 3 scaled
:j0f{ / sf:o kbs ljhoL g]kfnL v]nf8L sf7df8f}F, @) dªl;/M t]x|f}F blIf0f PlzofnL v]ns”b -;fu_ cGtu{t k’?if PYn]l6S;df :j0f{ kbs ljhoL g]kfnsf uf]kLrGb| kfsL{ / sf:o kbs ljh]tf xl/s’df/ l/dfn . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथलेटिक्समा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् ।

शुक्रबार बिहान भएको खेलमा ५००० मिटर दौडमा उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गर्दे नेपाललाई स्वर्ण दिलाएका हुन् ।

१३ औँ सागमा  एथलेटिक्समा नेपालले दोस्रो स्वर्ण जितेको छ । यसअघि सन्तोषीले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको
उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दुरी पुरा गरे । उनले रजत पदक जित्न सफल भए ।

यही स्पर्धामा नेपालका हरिकुमार रिमालले कास्य जित्न सफल भए । उनले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।

दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीचन्द्रले अन्तिम १ सय मिटरमा अग्रता लिएका थिए । भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झन्डै २० मिटरको अग्रता बनाएका थिए । तर गोपीले आफ्नो गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा अग्रता लिन सफल रहे ।

१३ औं साग खेलकुद प्रतियोगिताअन्तर्गत आज छैटौं दिन विभिन्न खेलहरू भइरहेका छन् ।

नेपालले अहिलेसम्म प्राप्त पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६.उसु (५६ केजी) – जुनी राई

३७. एथलेटिक्स (५००० मिटर) – गाेपिचन्द्र पार्की

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७