ऋतिक रोशन बने एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’


२० मंसिर २०७६, शुक्रबार
Hrithik Roshan

काठमाडौं, २० मंसिर । बलिउड अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् ।

बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो । उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘वार’ र ‘सुपर ३०’ जस्ता चर्चित फिल्ममा काम गरेका थिए । उनी बलिउडमध्येकै लोकप्रिय अभिनेता पनि हुन् ।

बहुप्रतिभाशाली ऋतिक नृत्य, अभिनयमा मात्रै होइन दर्शकको सकारात्मक प्रतिक्रियामा पनि निकै अगाडि छन् ।  उनलाई दर्शकको भोटको आधारमा ब्रिटिस न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो ।

कामुक पुरुषको उपाधि पाएपछि ऋतिकले आभार प्रकट गर्दै भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । यस्ता सर्वेमा एक जनाको मात्रै निर्णय हुँदैन यसले मानिसहरुले कसलाई कसरी हेर्छन् भन्ने कुराको पनि उजागर हुन्छ ।’

उनले अगाडि भनेका छन्, ‘कसैलाई आकर्षक बन्न उसको जीवनशैलीको भूमिका धेरै हुन्छ । जीवनको यात्रामा मानिसले जस्तो परिस्थितिको सामना गरेको हुन्छ त्यसको उसको व्यक्तित्वलाई निर्खार्ने काम गर्छ । म जुन तरिकाको भूमिका निर्वाह गर्छु त्यसैमा डुब्ने गर्छु ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७