सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


२० मंसिर २०७६, शुक्रबार
gold 2

काठमाडौं, २० मंसिर । बजारमा सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । विवाहको सिजन सुरु भइसक्दा सुनको मूल्यमा केही गिरावट आइरहेको छ ।

बुधबारको तुलनामा बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । बिहीबार प्रतितोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि समान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७