१३ औं साग : गल्फमा सुवासले जिते दुई ऐतिहासिक स्वर्ण


२० मंसिर २०७६, शुक्रबार
gulf

काठमाडौं, २० मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले ऐतिहासिक स्वर्ण हात पारेको छ ।

शुक्रबार नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक हात पार्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो । एकलतर्फ सुवास तामाङले स्वर्ण जितेका छन् । सुवासले १४ अण्डर २७४ खेल्दै स्वर्ण जितेका हुन् । गल्फको टिममा भने सुवास, टंकबहादुर कार्की, निरज तामाङ शुक्र्रबहादुर राईले स्वर्ण हात पारेका छन् ।

गल्फको पुरुषतर्फ टिम प्रतिष्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएको छ । एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ ।

त्यसैगरी महिलातर्फ नेपालले टिमतर्फ काँस्य जितेको छ । साग गल्फमा चार स्वर्ण, चार रजत र चार नै काँस्यका लागि स्पर्धा भएको छ । आयोजकको हिसाबले नेपालले सागमा गल्फ खेल राखेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७