१३ औँ सागमा दोस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् पौडीमा इतिहास (फोटो फिचर)


२० मंसिर २०७६, शुक्रबार
gaurika sing scaled

काठमाडौं, १९ मंसिर । नेपाली पौडी खेलाडी गौरिका सिंहले १३ औँ दक्षिण एसियाली खेलकुद(साग)मा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा थप अर्को स्वर्ण हासिल सफल भएकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् ।

 

 

उनले यसअघि बिहीबारको प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् । उनले दुई सय मिटर प्रि–स्टाइलमा भारतीय खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित पहिलो स्वर्ण जितेकी थिइन् ।

यसअघिको सागमै टिमको तर्फबाट स्वर्ण जिते पनि एकल पौडीमा स्वर्ण जितेको थिइनन् ।
नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७