सागको आठौं दिन आज : फुटबल, क्रिकेटसहित १८ खेल हुँदै, कुन खेल कहाँ र कति बजे ?


०८:३७ बजे

काठमाडौां, २१ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को आठौं दिन शनिबार फुटबल, क्रिकेट लगायत १८ खेल हुँदैछन् ।

शनिबार एथ्लेटिक्स, आर्चरी, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्स्ङि, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुनेछ ।

कुस्ती खेल जनकपुरमा शुक्रबारदेखि शुरु भएको छ भने महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्याण्डबल पोखरामा जारी छ । नेपालले शनिबार दिउँसो १ः३० बजे दशरथ रंगशालामा माल्दिभ्स विरुद्ध फुटबल खेल्नेछ भने बिहान नौ बजे किर्तिपुर मैदानमा बांग्लादेश विरुद्ध क्रिकेट हुनेछ ।

बिहान ११ बजे महिला क्रिकेटमा नेपालले काँस्य पदकका लागि माल्दिभ्ससँग भिड्दैछ । जुडो पनि आजैबाट शुरु हुँदैछ ।
आज यी २२ स्थानको मुख्य सडकमा सवारीसाधन नचलाउन अनुरोध
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै २२ स्थानका मुख्य सडकमा सवारीसाधन नचलाउन अनुरोध गरेको छ ।

शनिबार बिहान ७ः०० देखि ११ः०० सम्म हुने म्याराथन दौडका लागि अत्यावश्यक बाहेकका सवारी नचलाउन र वैकल्पिक सडक प्रयोग गर्न महाशाखाले अनुरोध गरेको हो ।

म्याराथन दौड आज बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः फर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

यस्तै महाशाखाले शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७