इराकमा सरकारविरोधी आन्दोलनमा मर्नेको संख्या चार सय नाघ्यो


२१ मंसिर २०७६, शनिबार
irak

बगदाद, २१ मंसिर । इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ ।

घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उधृद गर्दै बीबीसीले जनाएको छ ।

सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । बन्दुकधारीले प्रदर्शनकारीहरुलाई लक्षित गरेर गोली चलाएको बताइएको छ । राजधानी बगदादमा हिजो पनि संधिग्ध व्यक्तिले छुरा प्रहार गर्दा १३ जना घाइते भएका थिए ।

सरकारको विरोधमा भइरहेका प्रदर्शनहरु अस्वभाविक रुपमा बढीरहेपनि समस्या समाधानका लागि कुनै पहलकदमी नगरिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

गत अक्टुबरबाट सुरु भएको आन्दोलनका क्रममा ४ सय भन्दा बढी मारिएका छन् भने २० हजार घाइते भएको बताइएको छ । जनजीविकाका सवालमा चासो नदेखाएको भन्दै आन्दोलनकारीले सरकारको राजीनामा, संसद विघटन र राजनीतिक प्राणालीको सुधारको माग गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७