अमेरिकाको जलसेनाको तालिम केन्द्रमै गोली प्रहार, चारको मृत्यु


२१ मंसिर २०७६, शनिबार
america

अमेरिका, २१ मंसिर । अमेरिकाको फ्लोरिडास्थित सैन्य क्याम्पमा भएको गोली काण्डमा साउदी नागरिक संलग्न भएको बताइएको छ ।

सैन्य प्रशिक्षणमा सहभागी साउदीका नागरिक नै संदिग्ध सुटर भएको अमेरिकी सैन्य अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सैन्य तालिम केन्द्रमा एकै हप्तामा भएको यो दोस्रो गोली काण्ड हो ।

आक्रमणकारी साउदी अरेबियाका नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रहेको बताइएको छ । उनले नेभल एयरस्टेशनका कक्षा कोठामा जथाभावी गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट चार जनाको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका बताइएको छ ।

संवेदनशील तालिम केन्द्रमा भएको गोली काण्डका कारण सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले बताएका छन् । उनीहरुले घटनाको छानविन भइरहेको जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७