नायिका ऋचाले दिपेक्षसँग गरिन् विवाह


२१ मंसिर २०७६, शनिबार
reecha sharma actor marriage

काठमाडौं, २१ मंसिर । नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले परिवारको उपस्थितमा विहे शनिबार दिपेक्ष विक्रम रानाविच बिबाह गरेका हुन् ।

विवाहमा उनका निकट मानिने केही नायिकाहरु मात्र उपस्थित थिए । ऋचा र दिपेक्ष विगत २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । दिपेक्ष ललितपुरको लाबिम मलको जनरल म्यानेजर हुन् ।

नायिका ऋचाले आफनो विबाहको सार्वजनिक गर्दै सबैसँग आर्शिवादको कामना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको माया र आर्शिवाद सदैव यसरी नै मिलिरहोस ।’

उनले बिहे अघि पूर्व साथीहरुसँग ब्याचलर पार्टी गरेकी थिइन् । उनको ब्याचलर पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीसहितका नायिकाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७