लोकमानको पालाका ‘गुप्तचर’हरु अझै अख्तियारमा


२२ मंसिर २०७६, आईतवार

काठमाडौं, २२ मंसिर । राष्ट्रिय अनुसन्धान मातहतका कार्यालयका सबै कर्मचारी दुई–दुई बर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु अहिलेसम्म गएका छैनन् ।

उनीहरु अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ । ‘कर्मचारीलाई राहत होस भन्दै तलब बाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६र ६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्तचरभित्र आचार संहिता नै बनाइएको छ’,स्रोतले भन्यो–‘तर चिफ सापहरुसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन ।

यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’ आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरु पठाउने चलन छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७