क्रस–कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले दिलाइन् स्वर्ण, उषालाई रजत


१९ मंसिर २०७६, बिहीबार
womens medalist nepal cycling 1

काठमाडौं, १९ मंसिर । नेपालकी लक्ष्मी मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा स्वर्ण पदक दिलाएकी छिन् ।

 बिहीबार गोकर्णमा भएको प्रतियोगितामा नेपालकै उषा खनालले पछि पार्दे उनले स्वर्ण दिलाएकी हुन् ।

लक्ष्मी मगरले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्।  भने उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्। 

कास्य पदक भारतकी खेलाडीले जितिन्। कास्य पदक जितेकी भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन् ।

cycling medalist nepal 1 1

योसँगै नेपालले साइक्लिङमा ३ स्वर्ण बटुलेकको छ। यसअघि साइक्लिङको डाउनहिल तर्फ पुरुषमा राजेश मगर र महिलामा निस्मा श्रेष्ठले स्वर्ण दिलाएका थिए।

बिहीबार नेपालले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि उसुकी निमा घर्तीमगरले पनि स्वर्ण जितेकी थिइन् । यससँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

१३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी मगर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७