१५ दिनको म्याद दिंदै एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण


२२ मंसिर २०७६, आईतवार
ncell 1

काठमाडौं, २२ मंसिर । १५ दिनभित्र तिर्नुपर्ने समयसीमा दिंदै ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।

ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने जानकारी गराउँदै पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरेको थियो ।

तर त्यसविरुद्ध एनसेल सर्वोच्चमा गयो । अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो ।
यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो ।

फैसलामा यो रकममा ब्याज समेत जोड्न पाउने भनिएको थियो । त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७